एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैः यस्ता छन् एजेण्डा

काठमाडौँ, २८ फागुन । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’…