लैङ्गिक समानता प्राप्तिको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता जरुरी: राष्ट्रपति भण्डारी

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।…