अदालतको निर्णयलाई माने पनि सम्मान गर्न सकिन्नः उपप्रम पोखरेल

काठमाडौँ, १२ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला माने पनि सम्मान गर्न नसकिने बताउनुभएको छ । अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने उल्लेख गर्दै उहाँले सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट राजनीतिक समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको भन्दै गुनासो जनाउनुभयो…