काठमाडौँ, ८ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो निर्वाचनबाट प्राप्त राजनीतिक स्थिरताको सन्देशसहित तीनै तहको सरकार राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील भइरहेकोमा देश समृद्धिको मूल एजेण्डाबाट राजनीतिक मुद्धाको उल्झनमा आइपुगेको बताउनुभएको छ । ‘शहीदले राष्ट्रका लागि दिएको त्याग, बलिदान कसैका लागि सत्ताप्राप्त गर्ने भर्याङमात्र भएको हो कि भन्ने संशय उत्पन्न भएको छ,’ उहाँले…