काठमाडौँ, १० फागुन । सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिनेछ । अध्ययनको काम भने नेपाल टेलिकमले गर्नेछ । उनले काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा यस्तो अध्ययन गर्ने सरकारको…