काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनको रूपमा स्मरण गर्नुभएको छ । उहाँले प्रजातन्त्र दिवसको अवसरमा विगतको स्मरण गर्दै शुभकामना दिनुभएको छ । एक विज्ञप्ती जारी गर्दै देउवाले भन्नुभयो, ‘७० बर्ष अघि २००७ को कार्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले…