बागमती प्रदेशसभाको बैठक आज: अविश्वास प्रस्तावमाथि दलगत धारणा राख्ने तयारी

हेटौंडा, ५ फागुन । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । नेकपाको प्रचण्ड-माधव समूहको दबावपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो दुई बजे प्रदेशसभा बैठक बोलाउनुभएको हो । माघ १९ गते बोलाइएको बैठक अघिल्लो राति आकस्मिक सूचना जारी गर्दै फागुन ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि…