काठमाडौँ, २ फागुन । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा स्थायी संरचना बनाउन दिइने फलामे टेको हो । यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ ।…