काठमाडौँ, २९ माघ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा हुनुभएको छ । महानगरीय अपराध महाशाखाले उहाँलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिनुभयो । श्रीमान पशुपति पुरीको रोहवरमा उहाँलाई छाडिएको प्रहरीले जनाएको छ । सोधपुछको क्रममा उहाँले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताउनुभएको थियो…