काठमाडौँ, २१ माघ । काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले कमलपोखरीलाई संरक्षण र सुन्दर राख्ने उद्देश्यका साथ यहाँका संरचना भत्काइएको स्पष्ट पार्नुभयो…