काठमाडौँ, २२ माघ । प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन् । बन्दकर्ताले गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान…