निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहको निर्देशन

सुर्खेत, ४ माघ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा शनिबार सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिए । गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक…