मेलम्ची बाँध निर्माण अन्तिम चरणमा

काठमाडौँ, २३ मंसिर । मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । बाँधमा राखिने गेटहरुको काम यही माघ महिनासम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ । उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले चाँडै…