१ सय २५ बढी ‘गाउँका सिंहदरबार’ निमित्तकै भरमा

काठमाडौँ, १५ माघ । एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ भन्दा बढी गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका, दाङका तुलसीपुर र घोराही, बाराका कलैया र जितपुरसिमर अनि कैलालीको धनगढी उपमहानगरपालिका निमित्तकै भरमा चलिरहेका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोग पास…