तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित: पहिलो चरणमा मन्त्री, सचिवलगायतलाई खोप दिने

काठमाडौँ, १३ माघ । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह नगर्दा अधिकांश नागरिकले खोपबारे शंका व्यक्त गर्न थालेका छन् । केही सर्वसाधारणले खोप लगाएपछि झन् खतरा हुने आशंका गर्दै…