प्रचण्ड-नेपालद्वारा पद बाँडफाड: १० सदस्यीय कार्यदल गठन

काठमाडौँ, २० पौष । नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो । आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन् । यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए…