नेपाल संवत् नेपालीको मौलिक संवत् हो : मुख्यमन्त्री पौडेल

हेटौंडा, ३० कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवतलाई नेपालको मौलिक संवतका रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताउनुभएको छ । नेपाल संवत् ११४१ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा पनि मजबुत रहेको उल्लेख…