काठमाडौँ, २६ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माका अनुसार उहाँको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले जानकारी दिनुभयो । रुघा…