काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले कार्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ । बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कार्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताउनुभयो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २४ गते दिउँसो १ बजे बैठक बोलाइएको…