काठमाडौँ, ९ चैत । चालु आर्थिक वर्षको साउन–फागुनसम्म आयात १२.५४ र निर्यात २०.८३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा…