काठमाडौँ, २१ भदौ । कोरोना भाइरसको महामारीलाई व्यवस्थापन गर्न सरकारले पुराना कानुनका सहारा लिई हालसम्म १० वटा मापदण्ड र कार्यविधि जारी गरेको भए पनि त्यसले उद्देश्यलाई सम्बोधन गर्न नसकेको सर्वोच्च अदालतले स्पष्ट गरेको छ । सर्वोच्चले महामारीको नियन्त्रण र पुनर्लाभका लागि एकीकृत कानुन निर्माण गर्नसमेत संघीय सरकार तथा व्यवस्थापिकासमेतलाई आदेश दिएको छ । सरकारका सम्बन्धित…