काठमाडौँ, २३ फागुन । चितवन-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृ सोविता गौतमले बालेन्द्र शाह(बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् । आज निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै नेतृ गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने बताएकी हुन् । ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर…