काठमाडौँ उपत्यकामा थप ७२४ जनामा कोरोना पुष्टि

काठमाडौँ, १० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ गरी ७२४ जनामा संक्रमण पुष्टि भएको हो ।