काठमाडौँ, १४ साउन । डेढ वर्षअघि खुला प्रतिस्पर्धाबाट नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका सुरेन्द्रकुमार पौडेलले कार्यसम्पादन मूल्यांकनमा ९२ अंक ल्याएका छन् । कुल एक सय अंकभारको मूल्यांकनमा यो सर्वोत्कृष्ट नतिजा हो । आयल निगममा पहिलोपटक खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनाेट भएका पौडेलले सुरुदेखि सुधारका योजना लागू गरिरहेका छन् । उनले पाइपलाइन विस्तार, भण्डारण गृह निर्माण, निगमकै…