स्याङ्जा, १० साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मुलुकको समृद्धि र विकासका लागि अत्मनिर्भर बन्नुको विकल्प नभएको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महिला लघुउद्यम तथा उद्यमशील विकास कार्यक्रमअन्तर्गत वालिङमा सञ्चालित व्यावसायिक ढाका बुनाई सीप विकास तालिमको समापन कार्यक्रममा मन्त्री अर्यालले आत्मनिर्भर भएमात्रै देशको विकास गर्न सकिने…