भक्तपुर, ७ साउन । वर्षायाम सुरु भएसँगै भक्तपुरका धेरै ठाउँहरुमा बाढी पहिरोको समस्याले जनतालाई आक्रान्त बनाउँछ । जनताका दुःखका दिन सुरु हुन्छन् । वर्षाको जोखिमका कारण भौतिक तथा मानविय क्षतीको समेत अत्याधिक बढ्ने गर्दछ । वर्षायाम सुरुभएसँगै हनुमन्ते नदी आसपासका क्षेत्रहरु डुवान सुरु भइसकेको छ । जसले गर्दा नदी आसपासका जनतालाई सास्तीको दिन आएको छ…