भत्काएर भत्किएनन् ‘ज्यानमारा’ छाउगोठ

काठमाडौँ, २८ साउन । महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन् । देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो । दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो । छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो । यो २०७४ असार महिनाको घटना हो । आफन्त र परिवारको दबावमा गोठमा…