काठमाडौँ, १९ जेठ । मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ । फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिधित्व गर्दै वसेका राजदूतावासले आआफ्ना नागरिकलाई ¥यापिड टेस्ट (आरडीटी)मार्फत…