काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आम नागरिकलाई पाँच वटा महत्वपूर्ण सुझाव दिनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले कुनै पनि प्रकारको उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्तामा कटौती नहुने समेत स्पष्ट पार्नुभएको छ । त्यस्तै विश्वका कुनै पनि देशमा समस्यामा…