धरान, २१ असार । धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको छ। मेयर हर्कराज राई (साम्पाङ) ले एक योजनाको भुक्तानी रोकिएको विषयमा गम्भीर चासो व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण मागेका छन् । मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र लेख्दै करिब दुई महिनाअघि सम्पन्न भएको योजनाको भुक्तानी हालसम्म…