लिपुलेक क्षेत्रबारे चीनको पुरानै दाउपेच

काठमाडौँ, ७ जेठ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषद्बाट पारित गरेको भोलिपल्ट चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको द्विपक्षीय मामिला भएको दोहोर्‍याएको छ । चीनले उक्त सीमा विवाद नेपाल र भारतबीचको संवादबाट समाधान गर्ने विश्वास लिएको प्रस्ट पारेको छ । ‘कालापानी क्षेत्रको विषय नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा हो…