अर्को वर्ष झण्डा फहराउँदै जयनगर-जनकपुर रेल गुड्छ : मन्त्री नेम्वाङ

काठमाडौँ, २६ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७७–०७८ मा नेपालको झण्डा फहराउँदै जयनगर-जनकपुर रेल गुड्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौँ केरुङ, काठमाडौँ रक्सौल डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिए । उनले…