वाग्मती गाउँपालिकाले प्रत्येक वडामा १० बेडको क्वारेन्टाइन निर्माण गर्ने

ललितपुर, १९ जेठ । वाग्मती गाउँपालिकाले प्रत्येक वडामा न्यूनत्तम १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन गाउँपालिकाले क्वारेन्टाइन निर्माण कार्यलाई तिब्रता दिन लागेको हो । प्रत्येक वडाले कम्तिममा १० वेडको क्वारेन्टाइन निर्माण गर्ने आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो…