काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन समस्या भएको बताएकी छिन् । आज आफ्नो तीनमहिने कार्यकालमा भएका कामकारबाहीबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन आफूहरूले पहिलो दिनदेखि नै कार्य सुरु गरे पनि विभिन्न…