काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नआएको भन्दै यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताएका छन् । आज सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाही-४ का उम्मेदवार समेत रहेका थापाले आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने…