काठमाडौँ, १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् । यादवको गएराति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । स्व यादवले कांग्रेसको…