मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङमा पठाइयो पानी

काठमाडौँ, ४ चैत । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ५०० लीटर पानी पठाएर गरिएको परीक्षण सफल भएको आयोजनाले बताएको छ । आयोजना निर्माणको काम अन्तिम…