काठमाडौँ, ३ चैत । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि केही दिनअघि नेपाल आयल निगमले एउटा सूचना निकाल्यो । सूचनामा उल्लेख थियो– खाना पकाउने ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिकटन (मेट) मात्रै हो । ग्यास किनेर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्दै निगमले बढ्दो मागलाई ध्यानमा राखेर आपूर्ति परिमाण ४५ हजार मेट पुर्याउने पनि…