पाँच वर्षभित्र ५० अर्बको बिजुली बेच्ने योजना

काठमाडौँ, २७ फागुन । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६/७७  देखि २०८०/८१ सम्मका लागि बनाएको…