काठमाडौँ, १७ असार । विश्वव्यापी वित्तीय प्रणालीलाई न्यायपूर्ण बनाउँदै, कम विकसित देशलाई बोकाएको ऋण खारेज गर्ने, तथा जलवायु सङ्कटले निम्त्याएको सङ्कटको क्षतिपूर्ति स्वरूप वित्त उपलब्ध गराउने मागसहित राजधानीमा प्रदर्शन गरिएका छन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गत स्पेनको सेविलामा जुन ३१ देखि जुलाई ३, २०२५ सम्म आयोजना हुने विकासका लागि वित्तपोषण प्रणाली सम्वन्धी चौथो अन्तरर्राष्ट्रिय सम्मेलनलाई लक्षित…