सचिव सरुवाको निर्णय सार्वजनिक नहुँदै सच्याइयो सरकारले

काठमाडौँ, ७ फागुन । सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरुको सरुवा निर्णय सच्याएको छ । शिक्षा मन्त्रालयबाट सरुवा गरिएका गोपी मैनालीको सरुवा सच्याएको छ । उनलाई उपराष्ट्रपति कार्यालय…