काठमाडौँ, ४ फागुन । बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षबाट समेत अनुकूल स्थिति खडा भएको छ । संसद् र सडकमा बलियो प्रतिपक्षको सामना उनले गर्नुपरेन । बरु, बेलाबखत सत्ता र प्रतिपक्षको भूमिका आफ्नै दलबाट झल्कन्थ्यो । त्यस्तो बेला प्रतिपक्ष काँग्रेसलाई खोज्न ऊ बसेको प्रतिपक्षी बेन्चतिर हेर्नुपर्ने स्थिति खडा भयो । खासगरी भ्रष्टाचार र…