विप्लव समूहका युवा अध्यक्षमाथि आगजनी मुद्दा

काठमाडौँ, १ माघ । विप्लव समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई नेपाल प्रहरीले आगजनी अभियोगमा मुद्दा दायर गरेको छ। पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मङ्गलबार मुद्दा दायर गरेको हो। परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याएको कसुरमा…