सुरुङ्गा-१ का वडाध्यक्ष कार्कीको मृत्यु

सप्तरी, २९ पौष । सप्तरीको सुरुङ्गा नगरपालिका-१ का वडाध्यक्षको मृत्यु भएको छ । आइतबार राति घरमा सुतिरहेकै बेला ५५ वर्षीय अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको नगरपालिकाले जनाएको छ । उनको निधनको शोकमा सोमबार नगरपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा रहने नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिए ।