काठमाडौँ, २६ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै उनले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट…