मन्त्री पुन र अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशकबीच भेटवार्ता

काठमाडौँ, २५ पौष । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका उर्जा, जलसोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र अन्तर्राट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय उर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेका छन् । मन्त्री पुनले नेपालको उर्जा…