उपचुनाव २०७६ : आजदेखि मौन अवधि शुरू हुँदै

काठमाडौँ, ११ मंसिर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुदै छ । जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन्…