परीक्षामा अनुत्तीर्णलाई लाइसेन्स, यातायात कार्यालयका प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेल, हाल अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) नवराज थापा, शाखा अधिकृतहरू राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना…