काठमाडौँ, ९ मंसिर । सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरुलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन्। विदेश भ्रमणबाट शुक्रबार फर्केका उनले आइतबार बिहानै गृहमन्त्रीलाई भेटेर कारबाही प्रक्रियाका विषयमा छलफल गरेका…