काठमाडौँ, ९ असार । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वव्यापी सतर्कता चेतावनी जारी गर्दै विश्वभर अमेरिकी नागरिक र अमेरिकी चासोका विषयमा प्रदर्शन र विरोधको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेपछि सम्भावित प्रतिक्रियाको जोखिमलाई ध्यानमा राखेर उक्त चेतावनी…